ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक


काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ ।

गत असार १८ र १९ मा बसेको एमालेकाे केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल समूहलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो ।

सोही विषयलाई लिएर केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

यस अघिको बंठकमा देउवालाई दिएको समर्थन फिर्ता भएन र एमालेको सरकार सर्वोच्च अदालतको परमादेशबाट विस्थापित भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भने पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै रोकिएको थियो ।

अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने स्रोतले बतायो । तर माधव नेपालले विश्वासको मत दिने बताइसकेका छन् ।

प्रतिक्रिया