केन्द्रीय सदस्य घिमिरे आक्रमण प्रकरणः आकस्मिक रूपमा कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसको आकस्मिक रुपमा पदाधिकारी बैठक बस्ने भएको छ । कांंग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफलका लागि अहिले ३ बजे आकस्मिक बैठक बोलाएका हुन ।

कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार राजधानीको गौशालामा सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले धर्मशालामै पुगेर आक्रमण भएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । समितिले एक महिनादेखि गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

समिति सदस्य घिमिरेले सिन्धुपाल्चोकका नेता मोहन बस्नेतको निर्देशनमा आफूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।सदस्यता विवादबारे छलफल गर्न भन्दै आएका सिन्धुपाल्चोकका केही युवाहरुले आफूमाथि हातपात गरेको घिमिरेको भनाइ छ । घिमिरेले आफूमाथि आक्रमण भएको पुष्टी गर्दै ‘एक्सरे गर्दा कुनै घाउचोटपटक नदेखिएको तर ढाड दुखिरहेको बताएका थिए ।

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घिमिरेमाथिको आक्रमण घोर निन्दनीय भन्दै भत्र्सनाजनक भन्दै विज्ञप्ति समेत निकालेका थिए ।

प्रतिक्रिया