एमाले संसदीय दलको बैठक डाकियो, सरकार ढाल्न सघाउने २३ जनालाई पनि निम्तो


काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक शुक्रबारका लागि बोलाएका छन्। पुनःस्थापित प्रतिनिधि सभाको बैठक बोलाउनुअघि नै सदनमा एमालेको प्रस्तुती र भूमिकाका विषयमा छलफल गर्न बैठक डाकिएको हो।

पार्टी कार्यालय थापाथलीमा डाकिएको बैठकमा ओली नेतृत्वको सरकार ढाल्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने २३ जना सांसदलाई पनि बैठकमा निम्तो दिइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन्।

नेता माधवकुमार नेपाल पक्षका भनेर चिनिने २३ जना उपस्थित हुने या नहुने भन्नेबारेचाहिँ प्रतिक्रिया आएको छैन। देउवा प्रधानमन्त्री भएपछि प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षी दल बनेको छ।

प्रतिक्रिया