नेटवर्किङ व्यावसायको धन्दामा प्रहरीका पूर्वडीआईजी जोशी


काठमाडौं– नेपाल प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) छविलाल जोशी नेटवर्किङ व्यावसायको धन्दासँग जोडिएका छन्।

सर्वसाधारण ठगिएको यस्तो धन्दामा एनआरएनएका पदाधिकारी र राजनीतिक दलका नेता समेत जोडिएका छन्।

नेचर हर्ब्स इन्टरनेसनल नामक नेटवर्किङ व्यावसाय गर्ने कम्पनीमा पूर्वडीआईजी जोशी उपाध्यक्ष छन् । जोशीले कम्पनीको उक्त जिम्मेवारी १४ जेठमा सम्हाले भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १७ असारमा कम्पनीलाई इजाजतपत्र दिएको थियो।

पूर्वडीआईजीसँगै नेचर हर्ब्समा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, गितेन्द्रबहादुर राई जोडिएका छन्। हर्बोका नाममा हजारौं सर्वसाधारणलाई ठगी गरेपछि बबन्द भएको व्यावसाय नाम परिवर्तन गरी खुलेको हो।

नेचर हर्ब्सको सञ्जाल सिंगापुर, मलेसिया, हङकङ, कतार, यूएई, भारत र नेपालसम्म छ । मलेसीयमा यो कम्पनीले हजारौंलाई सदस्य बनाएको छ। नेचर हर्ब्स मलेसियाका प्रमुख एनआरएनए सचिव हेमराज सापकोटा रहेको स्रोतले जनाएको छ।

चार बर्ष अघि गैरकानुनी नेटवर्किङ कारोबार गरेको अभियोगमा पक्राउ गरिएका काभ्रेका राजकुमार दंगालकी पत्नी सरिता गुनी पनि यसमा जोडिएकी छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रत्यक्ष बिक्रीका नाममा थप तीन नेटवर्किङ व्यवसाय गर्ने कम्पनीलाई इजाजत दिएको छ । प्रतिबन्ध लगाइएको उक्त व्यवसायलाई वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन ०७४ र नियमावली ०७६ बनाएर असार १६ देखि इजाजत बाँडिएको थियो।

यो व्यावसायमा जोडिएका पूर्वडिआईजी जोशी पछिल्लो पटक मिडियामा पनि जोडिएका छन्। उनी रवि लामिछाने निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनका पनि उपाध्यक्ष हुन्।

प्रतिक्रिया