

पाल्पामा वडाध्यक्षको निधन

काठमाडौं – पाल्पाको निस्दी गाउँपालिका- ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमवार निधन भएको परिवारले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि सोमवार मेडिकल कलेज लगिएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ ।
सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ ।

