

हेटौंडामा ओलीसमर्थितद्वारा सर्वोच्चको विरोध

हेटौंडा – सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठनको नेता तथा कार्यकर्ताले हेटौंडामा नाराबाजी गरेका छन्।
सोमबार आएको सर्वोच्च अदालतको फैसलाले देशमा न्यायिक ‘कु’ गरेको भन्दै उनीहरूले नाराबाजी गरेका हुन्।
सर्वोच्चले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभालाई पुर्नस्थापना गरिदिएको थियो।
सर्वोच्चको फैसलाले निर्दलीय व्यवस्थामाथि प्रहार गरेको, न्यायिक ‘कु’ गरेको, संविधानविपरीत परमादेश जारी गरेको भन्दै उनीहरूले नारा लगाएका थिए। उनीहरूले ुकेपी ओली आइ लभ युुको समेत नारा लगाएका थिए।
विरोध प्रदर्शन गर्नेमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु, युवा संघ मकवानपुर र खेलकुद महासंघ मकवानपुर रहेको छ।

