अदालतका महिला कर्मचारी कार्यालय परिसरमै मृत भेटिइन्


काठमाडौं – अदालतका महिला कर्मचारी कार्यालय परिसरमा मृत फेला परेकी छन्। उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी मृत फेला परेकी छिन्।

४८ वर्षीया विमलाकुमारी पराजुली कार्यालय अदालत परिसरमै सोमबार बिहान ८ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका–२ घर भएकी उनको शव कार्यालय पोशाकमै भेटिएको हो।

उनको हत्या÷आत्महत्या के हो अहिलेसम्म खुलिसकेको छैन। शवको अवस्था पहिचान गर्न नेपाल प्रहरीले धरानबाट विशेषज्ञ कुकुर मगाएको छ।

प्रतिक्रिया