

घरअगाडि आँगनमै अर्धनग्न अवस्थामा युवतीको शव भेटियो

काठमाडौं – झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ। आफू बस्दै आएको घरकै अगाडि आँगनमा २५ वर्षीया युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्मदेखि उत्तर तर्फको गल्लीनजिकै सानीआमाको घरमा बस्दै आएकी थिइन् सृजना।
दाजुभाउजुको साथमा बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए।
एसपी भट्टराईका अनुसार घटनास्थल नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर परिचालन गर्ने उनले बताए।
अहिले नै सृजनाको हत्या÷आत्महत्या केही भन्न नसकिने एसपी भट्टराईले बताए। मृतक सृजना बिर्तामोडस्थित सृजनशिल सहकारी संस्थामा कलेक्टरको काम गर्दै आएकी थिइन।

