एमालेले पूर्वमाओवादी नेताहरुलाई नेकपामा रहँदाको हैसियतको कमिटीको जिम्मेवारी दिने


काठमाडौं – आइतवार राति भएको १० बुँदे सहमतिपछि पूर्वमाओवादी नेताहरुलाई नेकपा एमालेले नेकपामा रहँदाको हैसियतको कमिटीको जिम्मेवारी दिने निर्णय गरेको छ।

कार्यदलले २०७७ फागुन २३ गतेको फैसलापछि एमालेमै रहेका पूर्व माओवादी नेताहरुलाई नेकपामा रहँदा (स्थायी कमिटीमा रहेका सदस्यलाई सोही स्थान) को हैसियत दिने निर्णय गरेको हो।

कार्यदलको सहमतिको चौथो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसला पछि नेकपा एमालेमा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनु भएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ।’

अब पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा स्थान सुरक्षित गरेका छन्। पूर्वमाओवादी छाडेका अन्य केन्द्रीय सदस्यले नेकपामा रहँदाको स्थान पाउने छन्।

प्रतिक्रिया