किशोरी बलात्कारको आरोपमा वडासचिव पक्राउ


काठमाडौं – प्रहरीले किशोरी बलात्कारको आरोपमा सल्यानका एक वडासचिवलाई पक्राउ गरेको छ। १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका–५ का वडासचिव अमर कालाथोकीलाई पक्राउ गरेको हो।

सचिव कालाथोकीले असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको भएपनि किशोरीले २४ गतेमात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि सोहीदिन नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

आरोपित कालाथोकीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया