एआईजी सहकुल थापालाई दर्ज्यानी चिन्ह


काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहबीच एआईजी थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एआईजी थापालाई एआईजीको दरबन्दी थप गरी मन्त्रीपरिषद्ले बढुवाको सिफारिस गरेपछि डिआईजीबाट एआईजीमा बढुवा भएका थिए । यससँगै नेपाल प्रहरीमा ५ जना एआईजी भएका छन् ।

उक्त अवसरमा नेपाल प्रहरीका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

एआईजीको दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै थापाले मानव स्रोत विभागको नेतृत्व सम्हाल्नेछन् ।

प्रतिक्रिया