‘प्रचण्ड स्वास्थ्य अवस्था मात्र बुझ्न आएका हुन्’


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ्य भएर घरमै आराम गरिरहेका छन्। शनिबार नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका थिए।

एमालेको राजनीति गम्भीर मोडमा रहेको बेला प्रचण्ड र माधवबीचको भेटलाई लिएर अनेक टिकाटिप्पणी भएपछि नेता नेपालको सचिवालयले उनीहरुबीच राजनीतिक विषयमा कुरा नभएको जनाएको छ ।

उनका स्वकीय सचिव मोहन गौतमले प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपाल केही दिनदेखि स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेको बताएका छन्।

‘आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।

नेता नेपाललाई जनै खटिरा आएको सचिवालयले जनाएको छ– ‘उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु।’

प्रतिक्रिया