

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन्।
अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली करिब ६ बजेतिर शीतल निवास पुगेका थिए।
पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिने गरेका छन्। यसअघि पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता हुँदै आएको छ।

