

चक्कु हानेर आफ्नै दाइको हत्या गर्ने राजन सिंह पक्राउ

काठमाडौं – आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घरायसी विवाद हुँदा साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए। चक्कुले भोलाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो।
भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएकको छ।
साजनविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरेको जनााएको छ।

