जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ


काठमाडौं – महागरीय प्रहरी वृत्त थानकोटले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका –१४ नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-१३ भएका ३८ वर्षीय बीर बहादुर मगरलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया