

दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१५ हिमाल टोल बस्ने २९ बर्षीय राकेश बस्नेतले आफ्नो कोठामा ब्राउन सुगरको कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरीले २ ग्राम १७० मिलिग्राम तौलको ५ पुरिया ब्राउन सुगर र ९ हजार ८ सय रुपैयाँ नगद बरामद गरेको जनाइएको छ ।
सो क्रममा उनी र स्थानीय ३७ बर्षीय अंकित रावतसमेतलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

