

एमाले एकता कार्यदलले मिलायो, भोलि घोषणा

काठमाडौं — विगत केही समयदेखि देखिएको नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ । कार्यदलले पार्टीको एकताको लागि सहमति जुटाएको छ ।
कार्यदलका सदस्य एवं पार्टी प्रवक्ता प्रदीव ज्ञवालीले अहिले उठेका सबै प्रश्नहरूमा सहमति जुटेको र कार्यकर्ताको भावना अनुसार सहमति भएको र त्यसको घोषणा भोलि हुने बताए ।
योसँगै पार्टीको एकताका निम्ति केपी ओली पक्ष र माधव नेपाल पक्षबीच सहमति भएको छ ।
एकताका लागि बनेको कार्यदलको शुक्रबार दिनभर बसेको बैठक समझदारीमा टुंगिएको कार्यदलका अर्का सदस्य एवं पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिए ।

