अमेरिका हिँडेका नेपाली चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटना, ७ नेपाली बेपत्ता


एजेन्सी – क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएका छन्। बिना भिसा गैरकानूनी रूपमा मेक्सिको सिमाक्षेत्रबाट अमेरिका हिँडेका नेपाली र विदेशीहरु सवार डुंगा गएको असार ५ गते नै कोलम्बियाको समुन्द्रमा दुर्घटना भएपनि अहिलेमात्र सार्वजनिक भएको हो।

डुंगामा ८ नेपाली र अन्य विदेशी गरेर १८ जना युवा रहेका थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, अझै सात नेपाली भने समुन्द्रमा बेपत्ता छन्।

क्यारेबियनकोस्टस्थित कपुरगाडा जाने क्रममा गर्दा डुंगा दुर्घटना भएको हो। डुंगा दुर्घटनामा परेर दाङ घोराहीका एन्जल बुढामगर, दाङको तुल्सीपुरका हेमराज अधिकारी, दाङकै पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा बेपत्ता भएका हुन्।

सँगै बेपत्ता भएका अन्य तीनजना नेपाली युवाको भने नाम–ठेगाना खुलेको छैन्।

प्रतिक्रिया