नेपाल प्रहरीका डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय


काठमाडौं — नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो ।

केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो । एआईजीमा बढुवा भएसँगै थापा अर्का एआइजी विश्वराज पोखरेलसँगै प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा आएका छन् ।

वर्तमान एआईजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की वर्तमान आईजी शैलेश थापासँगै एकै दिन निवृत्त हुने भएकाले आईजीका लागि यी दुई एआईजीबीच प्रतिस्पर्धा हुने भएको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाउँदा पुस्करको नाम पहिलो नम्बरमा थियो । समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।

 

प्रतिक्रिया