आचरणविपरित काम गरेपछि कर्णेल चन्द्रप्रकाश चापागाँई सैनिक प्रहरी हिरासतमा


काठमाडौं– नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाँईलाई सैनिक प्रहरीले हिरासतमा लिएको छ। आचरणविपरित काम गरेको आरोपका उनी सैनिक हिसातमा परेका हुन्।

जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर उनीमाथि छानबिन जारी राखिएको छ। कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुँदा भ्रष्टाचार गरेको अभियोग छ। सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले भ्रष्टाचार गरेको बताइएको छ।

उच्च सैनिक स्रोतका अनुसार कर्णेल चापागाँईमाथिको छानबि चाँडै सकेर सैनिक अदालतमा उभ्याइनेछ।

प्रतिक्रिया