४५ लाख ठगी प्रकरणमा कलाकार राणा पक्राउ


काठमाडौं – कलाकार तथा निर्देशक शिशिरशमशेर राणा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनलाई काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो ।

राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो । सीआईबीका अनुसार राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएका थिए ।

तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो ।

प्रोडक्सन म्यानेजरका रूपमा फिल्मक्षेत्रमा प्रवेश गरेका शिशिरले दुई दर्जन फिल्ममा काम गरेका छन् । अन्दाजु, वडा नम्बर छु, क्लासिकु, वीर-विक्रमु, कायाराु, रामकहानीु, पोई पर्‍यो कालेु लगायत फिल्ममा उनले अभिनय गरेका छन् ।

केही फिल्मको कथासमेत लेखेका शिशिरले तिमी सँगु र पोई पर्‍यो कालेुको निर्देशन गरेका छन् । शिशिरले मालाु फिल्ममा लगानीसमेत गरेका थिए ।

प्रतिक्रिया