

बर्दियाबाट ब्राउन सुगरसहित एक पक्राउ

बर्दिया – बर्दियामा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
मधुवन नगरपालिका—९ सिर्जनशिल टोलस्थित हुलाकी सडकखण्डमा बस्ने ३६ वर्षीय कमल शर्मा १० ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखा र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शर्मालाई उक्त परिणामको ब्राउन सुगरसहित पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका शर्मा उपर लागूऔषध मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

