

विशेष प्रहरीका ११ एसपीको पदस्थापन र सरुवा (सूचीसहित)

काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागका ११ जना एसपीको सरुवा भएको छ । विभागमा केही समयअघि एसपीमा बढुवा भएका ९ जनाको पदस्थापन र अन्य दुईको सरुवा भएको हो ।
भक्तपुरमा टेकराज तिमिल्सेना, तनहुँमा उत्तम खनाल, चितवनमा शेरबहादुर चन्द, गोरखामा सुदिप अधिकारी, सुर्खेतमा जयन्द्र उपाध्याय र हेटौंडा तालिम केन्द्रमा विकास पाण्डे सरुवा भएका छन् ।
त्यस्तै मकवानपुरमा पप्पु शर्मा, कास्कीमा मनोज ढकाल, सर्लाहीमा चन्दन झा, बर्दियामा प्रज्वल खड्का र सुरक्षा परिषदमा लक्ष्मी पौडेलको सरुवा भएको छ ।

