दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जना पक्राउ


काठमाडौं – दाङमा १३ वटा चोरीका मोटरसाइकलसहित ८ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरि चोरी भएका १३ वटा मोटरसाइकलसहित चोरीमा संलग्न एक भारतीय नागरिक गरि ८ जनालाई पक्राउ गरेको हो।

कागजात नभएका शंकास्पद अन्य ५ जनामाथि अनुसन्धान भइरहेको र पक्राउ पर्नेमा एक जना भारतीय, ५ जना रोल्पाका, दाङ र प्युठानका एक एक जना रहेका छन्।

राल्पा सुनील स्मृती गाउँपालिका–३ का ग्लोवल बजाज सभिर्सका सञ्चालक २८ वर्षीय श्रीताज अन्सी, रोल्पाकै लुङ्ग्री गाउँपालिका–४ का २६ वर्षीय लेखनाथ विष्ट, सोहि गाउँपालिका–५ बडाचौरका २६ वर्षीय टेकेन्द्र विष्ट रहेका छन्।

त्यस्तै सोही गाउँपालिका–५ गुम्चालका २६ वर्षीय नुम बहादुर रोका मगर, सोहि ठाउँका २२ वर्षीय हिरा बहादुर विष्ट, त्यस्तै भारत बलरामपरका घर भएका २२ वर्षीय मोहम्मद रिफक, दाङ घोराही १९–का १९ वर्षीय जावेद खान, प्युठान स्वर्गद्धारी नगरपालिका–३ जलुकेका २४ वर्षीय ठगीराम थापा छन्।

पक्राउ परेका श्रीजात अन्सारी ग्लोवल बजाज सर्भिस सेन्टर सुलिचौर रोल्पाका सञ्चालक रहेको र रोल्पामा उनले चोरीका मोटरसाइकल खरिद गर्न गिरोह परिचालन गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

साथै एसपी काफ्लेले मोटरसाइकल चोरी भएर नागरिक पीडित भएको गुनासो जिल्लामा आउनासाथ आफूले यो कुरालाई गम्भिरतापूर्वक लिई अनुसन्धानमा जुट्न निर्देशन दिएपछि प्रहरीलाई यो सफलला मिलेको र नागरिकमा प्रहरीप्रति अझै विश्वासको वातावरण सिर्जना गर्न यस्ता कामले सहयोगी भूमिका खेल्ने बताए।

जिल्ला प्रहरी कार्यालय दाङबाट असई युवराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकलसहितको गिरोहलाई समात्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताए। चोरीका मोटरसाइकलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया