

६ जिल्लाको सिडिओको हेरफेर, को कहाँ? (सूचीसहित)

काठमाडौं – मंगलबार साँझ ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर भएको छ। गृह मन्त्रालयले धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वको सिडिओ हेरफेर गरेको हो।
गृह स्रोतका अनुसार उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने रामप्रसाद पाण्डेको कञ्चनपुर सरुवा भएको छ। त्यस्तै पोखराका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको मुस्ताङमा सरुवा भएको छ ।
त्यस्तै जुम्लाको प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयकी उपसचिव विजया प्रसाईँ बनेकी छन्। रुकुम पूर्वका लागि उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ।
कञ्चनपुरका रामकुमार महतोलाई सर्लाहीको सिडिओमा पठाइएको छ। सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ। त्यस्तै जुम्लाका सिडिओ भूपेन्द्र शाहीको गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरणमा सरुवा भएको छ।

