भक्तपुरमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने युवक पक्राउ


काठमाडौं – प्रहरीले १२ वर्षीया बालिकामाथि जबर्जस्तीकराणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। दोलखा बैतेश्वर गाउँपालिका–४ घर भई हाल भक्तपुर बस्ने ३२ वर्षीय बसन्त दमाईलाई पक्राउ परेका हुन्।

भक्तपुर नगरपालिका–९ चोखा बसदै आएका दमाईले १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने सूचनापछि दमाईलाई पक्राउ गरिएको जानकारी दिए।

दमाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको डिएसपी गिरीले बताए।

प्रतिक्रिया