‘माधव प्रचण्डका पुच्छर हुन्, प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र?’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल प्रचण्डको पुच्छर भएको टिप्पणी गरेका छन्।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले नेपाल प्रचण्डको मामुली कार्यकर्ता रहेको बताएका हुन्।

उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो! मलाई बहुला कुकुरले टोकेको छ र? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला?’

माधव नेपाललाई लाज सरम पचेको मान्छे भनेर टिप्पणीसमेत गरेका ओलीले भने, ‘यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ।’

‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय। किनभने असाध्यै चर्चा भइराख्या छ। यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ,’ ओलीले भने।

प्रतिक्रिया