

१६.९६ अंकले घटेर २८४३ को बिन्दुमा नेप्से, कारोबार रकम ७ अर्बमा सिमित

काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहीवार) नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३.१७ अंक घटेर ५२५.६४ विन्दुमा झरेको छ ।
बिहीवार सामान्य अंकले घटेको बजारमा होटल्स तथा पर्यटन र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन जलविद्युतको सर्वाधिक १.९७ प्रतिशत र होटल्स तथा पर्यटनको १.१७ प्रतिशतले परिसूचक बढेको छ ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २१९ ओटा कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर ७८ हजार ९८३ पटक शेयर किनबेच हुदाँ रू. ७ अर्ब ३ करोड ३६ लाख ३ हजार बराबरको शेयर कारोबार भएको छ ।
बिहीवार पनि सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ३७ करोड ८३ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको हो ।
यस दिन अघिल्लो कारोबार दिनभन्दा कम्पनीको शेयरमूल्य २ दशमलव ५७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ४४ ले घटेको छ । यस दिन ३७ ओटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ । यी मध्ये पनि अपर तामाकोशीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले बढेको हो । यस दिन अपर तामाकोशीको प्रतिकित्ता रू. ६७ ले बढेर अन्तिम मूल्य रू. ७४५ कायम भएको छ

