

बसभित्र यौन प्यास मेटाउने लक्ष्यमा हिँडेका तिमल्सिनाले सन्तोषीको हत्या नै गरिदिए

काठमाडौं– सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना सवारी सह–चालक हुन्।
प्रहरीले उनलाई काठमाडौं–२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको गरी विहीबार सार्वजनिक गरेको छ। तिमल्सिना चराचुरुङीको आवाज निकाली युट्युवमा राख्ने सन्तोषी सुब्बाको हत्या अभियोगमा साबिती बयान दिने व्यक्ति हुन्।
महानगरीय अपराध महाशाखाले उनलाई सुब्बाको शव भेटेको २४ घन्टाभित्र पक्राउ गरी सार्वजनिक गरेको हो।
सन्तोषीले उक्त दिन आफूलाई बस्ने–खाने व्यवस्था नभएको बताएपछि दक्षिणकालीको एउटा खाजा घरमा मदिरा सेवन गरिरहेका तिमल्सिना सहयोगी बन्न आतुर भए। बस्ने बास समेत नभएको सन्तोषीको गुनासो सुने, खाजा आएको पैसा तिरेपछि बास मिलाउन बसतिर लगेका थिए।
तिमल्सिना बसमा नै सन्तोषीसँग यौन प्यास मेटाउने प्रयासमा थिए। एक चरण कुराकानी पनि भएको थियो। सोही क्रममा विवाद भयो र सन्तोषीको हत्या गरेको तिमल्सिनाको बयान छ।
‘सुरेशले बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिन्छ,’ प्रहरीले भन्यो,‘हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेछन्।’
सन्तोषीलाई छुएपछि मदिराले उन्माद भएका तिमल्सिनामा यौन चाहना पलाएको बयानमा भनेका छन्। ‘छुनासाथ चाहना बढेर गयो, बलात्कार गर्न पाइन हत्या गरें’, उनले प्रहरीलाई बयानमा भनेका छन्।

