हात्तीको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु


सर्लाही – सर्लाहीको इश्वरपुर नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १३ श्रीनगरका ५५ बर्षीय रामााषिस महतोको हात्ती आक्रमणमा परी मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगलबाट आएको हात्तीले घरको टाटी तोडेर भकारी भत्काउन थालेपछि उनका छोरा बुहारी आत्तिएर हल्ला गर्न लाग्दा महतो बाहिर निस्किएका थिए ।

त्यहीं क्रममा हात्तीले उनलाई घरदेखि १५ मिटर पश्चिम रुखको ठुटामा लगेर आक्रमण गरेको परिवारजनले जनाएको छ।
हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका उनको लालबन्दीस्थित मोडेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया