सिरहामा गुडिरहेको टिपरमा अचानक आगलागी


लहान – पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा आज बिहान आफैँ आगलागी हुँदा जलेर नष्ट भएको छ ।

इँटा लोड गरी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आफैँ आगलागी भएको प्रहरीले जनाएको छ । गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयवासीले बताएका छन् ।

समयमा आगो निभाउन नसक्दा टिप्पर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बीच सडकमै जलेको टिप्पर हटाउने र घटना विषयबारे थप अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले बाँड्यो दलित बस्तीमा सोलार बत्ती

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले बिजुलीबत्ती नपुगेको विपन्न दलित बस्तीमा सोलार बत्ती र जीविकोपार्जनका लागि हाँस वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले १४ दलित परिवारलाई एक थान सोलार पाइनल, ८० एम्पियरको ब्याट्री, तार, होल्डर, स्विच लगायतका सामग्री हस्तान्तरण गरे ।

यस्तै वडा नं २ पटना सोठियाइनका २५ र वडा नं ३ पोर्ताहाका २५ दलित परिवारलाई जीविकोपार्जनका लागि भन्दै गाउँपालिकाले हाँस पालन गर्न खोर र हाँसको दानासमेत वितरण गरेको छ ।

आर्थिक रुपमा विपन्न मुसहर समुदायको आर्थिक अवस्था उकास्नका लागि विभिन्न सीपमूलक तालीमसँगै आयआर्जन गर्न हाँस, कुखुरालगायत वितरण गरिरहेको गाउँपालिकाका अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया