

पुजारी हत्या अभियुक्त भारतीय नागरिक प्रहरी नियन्त्रणमा

नवलपरासी– नवलपरासी सुस्ता गाउँपालिका–४ टाँडीका पुजारी हत्या गरेको अभियोगमा प्रहरीले भारतीय नागरिक धनञ्जय मौर्यलाई पक्राउ गरी कारबाही थालेको छ।
९ कात्तिकमा ७२ बर्षिय पुजारी महँगु केवट मृत अवस्थामा फेला परेका थिए। शंकास्पद मृत्यु प्रकरणलाई प्रहरीले अनुसन्धान गर्ने क्रममा हत्या भएको हुनसक्ने निचोड निकालेको थियो।
सोही अध्ययनअनुसार प्रहरीले थालेको अनुसन्धानका क्रममा केवटको हत्या भएको निष्कर्शसहित अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।
नेपाल–भारत सीमा अन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका–६ बाट भारतको महाराजगञ्ज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुरका मौर्यलाई नियन्त्रणमा लिइएको हो। अभियुक्त मौर्यले हत्या गरेको स्वीकार गरी प्रहरीमा साबिती बयान दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

