दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत फेला


काठमाडौं – दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार पिकनिक स्पोर्ट नजिकै रहेको शौचालयमा महिलाको शव भेटिएको हो।

महिलाको शव भेटिएको खबर पाएलगत्तै स्थानीय प्रहरी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलतर्फ गएको छ।

यस विषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले शौचालयमा महिलाको शव भेटिएको खबर आएलगत्तै परिसरको टोली घटनास्थलतर्फ मुभ भएको जानकारी दिए।

उक्त शव कसको हो भनेर खुलिसकेको छैन। घटनास्थललाई स्थानीय प्रहरीले घेरा हालेर राखेको छ।

प्रतिक्रिया