उपत्यकामा अब जोर-बिजोरअनुसार ट्याक्सी पनि चल्न पाउने


काठमाडौं – काठमाडौं उपत्यकामा अब जोर बिजोरअनुसार ट्याक्सी पनि चल्न पाउने भएका छन् ।

काठमाडौं उपत्यकाका तीन सीडीओहरुको आइतबार बसेको बैठकले ८ गतेदेखि लागु हुने गरि यस्तो निर्णय गरेका हुन् । तीनै जिल्ला प्रशासनले खुकुलो तुल्याउँदै निषेधाज्ञा थप गरेका हुन् ।

निजी सवारी साधन जोर बिजोर अनुसार चल्न पाउने भएका छन् । सार्वजनिक सवारी साधनलाई चाहिँ कोरोनाभाइरस संक्रमण ५ प्रतिशतमा झरेपछि संचालन अनुमति दिइने भएको छ ।

असार १४ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ ।

प्रतिक्रिया