गण्डकीका मुख्यमन्त्री नेपालीले मागे विश्वासको मत, एमालेलाई पनि आह्वान


काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शुक्रबार प्रदेश सभामा विश्वासको मत मागेका छन्।

उनले गठबन्धन बाहेक प्रतिपक्षमा रहेको नेकपा एमालेसँग पनि विश्वासको मत मागेका छन्। संविधानको धारा १६८ (६) अनुसार नेपालीले विश्वासको मत मागेपछि अहिले छलफल जारी छ।

नीति तथा कार्यक्रम र बजेटमा अस्पताल स्तरोन्नति, शैक्षिक अवस्था सुधार, भौतक पूर्वाधार सुधार, कोभिडबाट ज्यान गुमाएकालाई सहयोग गर्ने लगायत जनमैत्री काम गरेकाले विश्वासको मत पाउनेमा नेपाली आशावादी छन्।

प्रतिक्रिया