

कांग्रेस पुर्व प्रतिनिधिसभा सदस्य कृष्णसिंह परियारको निधन

काठमाडौं – कांग्रेसका पुर्व प्रतिनिधिसभा सदस्य कृष्णसिंह परियारको निधन भएको छ । परियार २०४८ सालमा बाँकेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।
२०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति बनेका थिए। परियारका श्रीमती, ३ छोरी र ४ छोरा छन्।

