सशस्त्र प्रहरीका डिआईजी गौतमविरुद्ध छानबिन गर्न निर्देशन, गुप्तचर विभागले बुझाएको थियो रिपोर्ट


काठमाडौंआर्थिक लाभ लिँदै विभिन्न सीमा नाकाबाट ठूलो संख्यामा भारतीय मजदुरलाई नेपाल छिराएको राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागको रिपोर्टका आधारमा सशस्त्र प्रहरीका नम्बर प्रदेश बाहिनी प्रमुख नायव महानिरिक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमविरुद्ध छानबिन सुरु भएको छ।

विभागले बुझाएको रिपोर्टका आधारमा मुख्यसचिव शंकरदास बैरागीले गृहसचिव महेश्वर न्यौपानेमार्फत छानबिनका लागि निर्देशन दिएका हुन्। उक्त विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकलगायत प्रधानमन्त्री कार्यालयलाई पनि जानकारी गराइएको स्रोतको दाबी छ।

कोरोना भाइरस (कोभिड१९)को दोस्रो लहरको व्यापकता चलिरहेका बेलामा गौतमको निर्देशनमा विभिन्न बेस क्याम्पले कम्तिमा तीन महिनाको अवधिमा हजार भारतीय नेपाली सीमाभित्र छिर्न नरोकेको बताइएको छ।

सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरीका नाकाबाट भारतीयलाई भित्राएको रिपोर्ट गुप्तचर विभागले तयार पारी मुख्यमन्त्री कार्यालयलाई बुझाएको थियो। यस अवधिमा सरकारले सीमामा कडाई गर्ने निर्णय गरे पनि डिआईजी गौतमको निर्देशनमा यसरी भारतीय नागरिक नेपाल छिरेको दाबी पनि गरिएको छ।

कोरोना महामारीका बेलासेटिङका आधारमा सशस्त्र प्रहरीका उच्च अधिकारीले यसरी भारतीय छिराउने गरेका कारण छानबिन भएका नजिर पनि छन्। यसअघि सीमा क्षेत्रकै गणमा कार्यरत रहेका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिग्विजय सुवेदीलाई तानिएको थियो। उनीमाथि छानबिन पनि चलेको थियो।

डिआईजी गौतमले आफूमाथि छानबिन सुरु भएको थाहा पाएपछि शक्ति केन्द्रको दबाबमा बच्ने प्रयत्न गरेको बताइन्छ। यसका लागि उनले प्रदेश का मुख्यमन्त्री शेरधन राईदेखि प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेतामार्फतलविङ गरिरहेको स्रोतको दाबी छ।

प्रतिक्रिया