सहमतिको नेतृत्व कोइराला परिवारले नमान्ने, यस्तो छ शेखरको तयारी

महाधिवेशनलाई जसरी पनि सफल पार्न केन्द्रीय समितिको बैठक


काठमाडौं१६ देखि १९ भदौसम्म काठमाडौंमा महाधिवेशनको मिति तय गरेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले प्रस्तावित निर्वाचन कार्यक्रमलाई अनुमोदन गर्ने भएको छ।

विहीबार बसेको केन्द्रीय समितिको बैठक त्यसैमा केन्द्रित भयो।

कांग्रेसको अपरिहार्यताका रुपमा हेरिएको कोइराला परिवारले सहमतिमा नेतृत्व चयन गर्ने महाधिवेशनलाई नमान्ने लगभग निधो भएको छ। सभापतिमा शेखर कोइरालाले उम्मेदवारी दिने तिव्र तयारी गरेका कारणले पनि निर्वाचन अनिवार्य हुने भएको हो।

शेखर दाईलाई सभापति दिने मुडमा अन्य नेता छैनन्। सभापति शेरबहादुर दाई पनि फेरि उठ्ने तयारीमा हुनुहुन्छ। रामचन्द्र दाईको आफ्नै तयारी , एक जना केन्द्रीय सदस्यले अनलाइनन्युजसँग भने,‘त्यसैले महाधिवेशन हुन्छ त्यो निर्वाचन प्रणालीमा जानेछ।

महाधिवेशन तोकिएको समयमा नै हुने लगभग तय भएको छ। तर, सरकार गठनको विषय प्रक्रियामा केही तलमाथि भए सर्न समेत सक्ने आँकलन गरिएको छ।

यद्यपि, सभापतिका लागि कम्तिमा जना भन्दा बढी आकांक्षी रहेका कारण प्रतिस्पर्धा निश्चितप्रायः देखिएको छ। अहिले सभापतिका लागि खुलेर मैदानमा आउने विषयमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमानसिंह शेखरको नाम निश्चितप्रायः छ।

यी जनाले नै टिम बनाउनका लागि अन्य नेतासँग अनौपचारिक परामर्श पनि जारी राखेका छन्। जनाकै स्पर्धा नभए पनि कम्तिमा जना हुने निश्चित देखिएको छ। सभापतिमा कृष्ण सिटौला दाई पनि उठ्ने सम्भावना देखिन्छ, ति केन्द्रीय सदस्य भन्छन्।

शेखरले हालै सार्वजनिक भएको एउटा अन्तरवार्तामा सभापति देउवालाई प्रधानमन्त्री चलाउनका लागि आग्रह गर्दै आफूलाई पार्टीको जिम्मा दिन नै प्रस्ताव गरेका छन्। यद्यपि, कांग्रेसको चलन जो सभापति हुन्छ त्यहि नै संसदीय दलको नेता समेत हुने सम्भावना रहेकाले महाधिवेशनमा स्पर्धा नै हुने आँकलन गरिएको छ।

केन्द्रीय समितिको बैठकले महत्व मानिएको केही विवाद रहेको क्रियाशील सदस्यताका विषयलाई टुंगो लगाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया