मेलम्ची बाढी र पहिरो अपडेट: थप एक भारतीय नागरिकको शव फेला


काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । बिहीबार सिन्धुलीमा थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीमा भेटिएको हो ।

यसअघि सिन्धुपाल्चोकमा चिनियाँ नागरिक २२ वर्षीय गोंग तियांग सियाओ र ४८ वर्षीय यु ची झुको शव भेटिइसकेको छ । घटनामा कम्तिमा १९ जना अझै बेपत्ता छन् । उनीहरुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेको जनाईएको छ ।

प्रतिक्रिया