पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना संक्रमण पुष्टि, ३९ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ ९पीसीआर० र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

यस्तै हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

प्रतिक्रिया