

बजार पठाउन लागिएको नक्कली नोट, मेशिनसहित तीन जनालाई सशस्त्रले समात्यो

काठमाडौं– सशस्त्र प्रहरीको एउटा टोलीले बजार पठाउन लागिएको नक्कली नोट, छाप्न प्रयोग गरिएको मेसिनसहित तीन जनालाई सिरहाको गोलबजारबाट पक्राउ गरेको छ।
गोलबजार–१२ का धीरज यादब, संजय राय र कल्याणपुर नगरपालिका–७ का विम्लेन्द्र कुमार नायकलाई सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्पको टोलीले नियन्त्रणमा लिएको हो।
वीरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढन थालेको थियो। ६ लाख ८४ हजार जाली नोट उक्त नोट छाप्ने मेसिन, एक ल्यापटप र मोटर साईकल सहित उनीहरूलाई निन्त्रणमा लिइएको हो।
वेस क्याम्पका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रोशन थापाको टोलीले खानतलासी गर्दा एक हजार दरका १ सय ४ तयारी जाली नोट र छ सय ८० बनाउन तयार पारीएको जाली नोट ए फोर साइजको कागजमा छपाई गरी कटिङ्गका लागि राखिएको अवस्थामा फेला परेको थियो।

