

कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कारको शिकार

काठमाडौं – प्रहरीले कञ्चनपुरकी ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–४ का ५३ वर्षीय धनबहादुर गुरुङ पक्राउ परेका हुन्।
गुरुङमाथि एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ। उनले बालिकालाई फकाएर जबरजस्ती करणी गरेको बताइएको छ।
बालिकालाई फकाएर जबरजस्ती करणी गरेको भन्ने खबर आएपछि आइतबार राति गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
बालिकाको स्वास्थ्य परीक्षण भइसकेको उनले बताए। पक्राउ परेको गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

