


‘प्रदेश गृहमन्त्री’मा दीपक मनाङेको दाबी

काठमाडौं– गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा बन्न लागेको सरकारमा दीपक मनाङेका नामबाट परिचित राजीव गुरुङले गृहमन्त्रीमा दाबी गरेका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा माओवादी, जसपा र जनमोर्चा गठबन्धनको सरकार बन्ने भएको छ।
उक्त गठबन्धनमा मिसिएका मनाङेले सहयोग गरेवापत आन्तरिक मामला (गृह) मन्त्रालयमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेसम्म नयाँ सरकार दाबी गर्नका लागि आह्वान गरेकी थिइन्।
पोखरेलले शुक्रबारै बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

