गृहमन्त्री नियुक्तिसँगै नेपाल प्रहरीका डिआईजी सरुवाको प्रक्रिया, कसको कहाँ सम्भावना?


काठमाडौंगृहमन्त्रीमा खगराज अधिकारी नियुक्तिसँगै नेपाल प्रहरीका प्रदेशका प्रमुख रहेका नायव महानिरिक्षकडिआईजी_ सरुवाको प्रक्रिया अगाडि बढ्ने भएको छ।

एक बर्षभन्दा बढी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका कारण उनीहरूको सरुवाको प्रक्रिया अगाडि बढाइने भएको हो। गृहमन्त्री नभएका कारण मन्त्रालयले सरुवा प्रक्रियामा प्रहरी प्रधान कार्यालयसँग समन्वय गरिरहेको थिएन।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गृहमन्त्री नभएका कारण मन्त्रालयसँग समन्वय हुन सकेको थिएन अब सरुवा प्रक्रिया बढ्छ। प्रहरी महानिरिक्षकआईजी_ शैलेश थापा क्षत्रीले सरुवा प्रक्रियालाई अगाडि बढाउने गृहकार्य थालिसकेको बताइन्छ।

एक बर्ष अवधि पुगेका डिआईजीहरुको वैशाखको सुरुमै सरुवा गर्ने तयारी थियो। तर मन्त्रीस्तरीय निर्णय गर्नका लागि रामबहादुर थापा बादलको पदमुक्तिसँगै रोकिएको थियो। केही समय उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीसँग रहे पनि ध्यान पुगेको थिएन।

नम्बरका डिआईजी इश्वर कार्की, नम्बरका धीरजप्रताप सिंह, बागमती प्रदेशका बसन्तकुमार लामा, गण्डकीका घनश्याम अर्याल, लुम्बिनीका रविन्द्रबहादुर धानुक, कर्णालीका बसन्त पन्त सुदूरपश्चिम प्रदेशका उत्तम सुवेदीको सरुवा गरिन लागेको हो।

प्रमुखका रुपमा काम गरे पनि अपराध अनुसन्धानमा दख्खल राखेका डिआईजी सिंहलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा खटाउने तयारी भएको छ। यसैगरी, सुदूरपश्चिम प्रदेशका सुवेदी लुम्बिनीका धानुकसमेतको सीआईबीका लागि चर्चा छ। यस्तै प्रदेश नं= नम्बरका डिआईजी कार्कीलाई प्रधान कार्यालयमा राख्ने तयारी गरिएको छ।

मन्त्रीस्तरीय निर्णय हुने भएकाले नयाँ गृहमन्त्रीले कस्तो रणनीति अपनाउनुहुनेछ त्यसका आधारमा सरुवा हुन्छ। प्रधान कार्यालय प्रस्ताव पठाउने हो, स्रोतले भन्यो।

सीआईबी प्रमुख सहकुल थापा नम्बर प्रदेश प्रमुखमा पठाउने प्रस्ताव तयार भएको छ।सकभर अहिलेसम्म इञ्चार्ज नपाएकालाई दिने तयारी छ। तर सरकारको रणनीतिका आधारमा नै चुनाव लक्षित गरी सरुवा हुन सक्छ, गृहमन्त्रीनिकट स्रोतले भन्यो।

डिआईजी दिवेश लोहनीलाई अख्तियार दुरुपयोग अनुसन्धान पठाउने तयारी भएको भने अरुणकुमार बीसीलाई प्रधान कार्यालयमा नै तान्ने तयारी भएको बताइन्छ।

प्रहरी प्रधान कार्यालय अन्वेषण निर्देशनालयका मुकुन्द आचार्यले यसअघि नै धानुकलाई बीचमै सरुवा गराउने लुम्बिनी प्रदेशमा सरुवा हुनका लागि दौडधूप गरेको चर्चा थियो।

उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलमार्फत गणेश ऐर लुम्बिनीमा जान चाहे पनि उनको बागमती प्रदेशमा सम्भावना रहेको बताइन्छ। प्रदेश प्रमुखको दौडमा डिआईजीहरु प्रकाश अधिकारी, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, उमेश रंजितकार राजेशलाल कर्ण रहेका छन्।

‘सरुवाको मापदण्ड भनेको उत्कृष्ट काम गरेकालाई महत्वपूर्ण निकायको जिम्मेवारी सुम्पिनेछ भने इञ्चार्ज नचलाएकालाई प्रमुखका रुपमा पठाउन सकिनेछ, मन्त्रालयले यसमा गृहकार्य जारी राखेको , गृह मन्त्रालय स्रोतले भन्यो।

प्रतिक्रिया