२४ घण्टामा ३७५० संक्रमित थपिए, ६७ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ९ हजार ५९८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७०९ र ५ हजार ५८४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ५ हजार २२५ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा ६७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया