गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने निश्चित


काठमाडौं – बिहिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अघि सरेका छन् । कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ ।

स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धन लाग्ने घोषणा गरेसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ ।

हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ ।

हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।

पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको बताए ।

 

प्रतिक्रिया