नागरिक अगुवाहरु बालुवाटारबाटै प्रहरी नियन्त्रणमा


काठमाडौं – चिकित्सा शिक्षा आयोगमाथि भएको राजनीतिक हस्ताक्षेपको विरुद्धमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार बालुवाटारमा चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

उक्त अवसरमा प्रदर्शनमा सहभागी रहेका नागरिक अगुवा एवं लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया