

बाँकेमा कोरोना संक्रमणबाट चारजनाको मृत्यु

काठमाडौं – बाँकेमा कोभिड-१९ संक्रमणबाट थप चारजनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङका दुई जना, बाँके र दैलेखका एकरएकजना गरी चारजनाका मृत्यु भएको हो ।
दाङको घोराही-७ की ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार साँझ सात बजे र राजपुर गाउँपालिका-१ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार राति ९ बजे मृत्यु भएको उनले बताए ।
४२ वर्षीया महिलामा जेठ ११ गते र ७७ वर्षीय पुरुषमा जेठ १८ गते संक्रमण पुष्टि भएको थियो । बाँकेको खजुरा गाउँपालिका-३ का ८० वर्षीय पुरुषको बिहीबार राति साढे १० बजे र दैलेखको भैरवी गाउँपालिका-७ का ६९ वर्षीय पुरुषको शुक्रबार बिहान १०ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए ।
८० वर्षीय पुरुषमा जेठ १८ गते र ६९ वर्षीय पुरुषमा जेठ २४ गते संक्रमण पुष्टि भएको थियो ।

