स्रोत नखुलेको ३० लाखसहित रौतहटबाट दुई भारतीय पक्राउ


रौतहट – रौतहटबाट स्रोत नखुलेको रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज (बुधबार) भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर ०५ आर ४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका अवस्थामा प्रहरीले जाँच गर्ने क्रममा भारत जिल्ला मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ गरिएको हो ।

मोटरसाइकल पछाडि सवार सुरजले बोकेको नाईलुनको झोलामा स्रोत नखुलेको ३० लाख ७६ हजार नगद रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिबिक्रम शाहले बताए । उनका अनुसार उक्त रकमबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया