

एमाले मिलाउन दोस्रो तहका नेताहरु पुनः सक्रिय

काठमाडौं – नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू पुनः छलफलमा जुटेका छन् ।
यसअघि याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा वार्ता सुरू भएको छ ।
आजको छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।
अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अल्मल्याउन र जालझेल पूर्ण रहेको भन्दै अश्वीकार गरेको छ ।
आजको छलफलमा वतर्तमान राजनितिक अवस्था र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदबाट फिर्ता हुन नसकिने अडान माधव नेपाल पक्षले लिएकाले यीनै विषयमा छलफल भइरहेको छ ।

